निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

कपिलवस्तुमा पुरस्कारको राशी बाट बिपन्न गरीव परिवारलार्ई कम्बल विवरण


कपिलवस्तु , कपिलवस्तु नगरपालिकाका गरीब तथा विपन्न परिवारलाई तौलेश्वरनाथ मन्दिर परिसरमा कम्बल विवरण गरिएको छ । भारत को गणतन्त्र दिवस तथा सरस्वती पूजाको अवसरमा लुम्विनी विकास कोषका निवर्तमान सदस्य तथा सामाजिक अभियन्ता राजेश ज्ञवालीले पच्चिस जना सहयोगापेक्षी, बिपन्न एवं गरीव परिवारलाई जाडोको न्यानो कम्बल वितरण गर्नु भएको हो ।


मधेश मानवअधिकार गृह ९माहुरी होम०को १५ औ साधारण सभामा नगद सहित पुरस्कृत भएका राजेश ज्ञवालीले आफुले पाएकोे पुरस्कार राशी बिपन्न गरीव परिवार माथी खर्च गर्नु भएको छ । उहाँले चिसोको कारण कोहि पनि न्यानो कपडाको अभावमा कठयाङ्रीएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ अहिले न्यानो कपडा उपलब्ध गराएको बताउनु भयो ।
कार्यक्रममा साझा प्रयास अभियानका संयोजक रवि ठाकुर ,नेपाली काँग्रेस पार्टीका कपिलवस्तु नगरपालिकाका नगर अध्यक्ष खुुर्सेद अहमद खाँ,नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य,समाजसेवी मुख्तार अहमद खाँ,सविता श्रेष्ठ,डा।सतीश उपाध्याय, तौलेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्तिथिमा कम्बल विवरण गरिएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »