सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कम्युनिस्ट नेता बर्मन बुढाको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि

काठमाडौं । बुधबार बिहान निधन भएका कम्युनिस्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।

रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो ।

९० वर्षीय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।

पूर्वसांसदसमेत रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनलेबुढाको अन्त्येष्टि गर्नुअघि पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभयो ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

अन्तिम श्रद्धाञ्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेताहरु बुढाको अन्त्येष्टिमा सहभागी हुनुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »