निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

करोडौं ठगी गरी फरार रहेका दुईजना अभियुक्त पक्राउ

काठमाडौँ । सर्वसाधरणको कराेडाैँ रकम ठगी गरी फरार रहेका शक्रिना नेवार र एलिना गौतमलाई कपन प्रहरीले साउन १४ गते शनिबार बिहान कपनबाट पक्राउ गरी गौशाला प्रहरीलाई बुझाएको छ ।

नमस्ते गोसाईँकुण्ड बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष रहेको शक्रिना नेवारलाई सर्वसाधरणले बचत गरेको रकम फिर्ता नदिएको आरोप लगाएका छन् । सोही संस्थाको अध्यक्ष ज्ञान बाहदुर अधिकारीलाई प्रहरीले पक्राउ गरी पुर्पक्षको लागि जेल चलान गरिसकेको छ ।

काभ्रे घर भई हाल काठमाडौँमा व्यवसाय गरिरहेका श्याम तामाङ घिसिङको जाहेरीले एलिना गौतमलाई पक्राउ गरिएको हो । एलिना गौतमले श्याम तामाङ घिसिङलाई दश लाखको चेक दिएकी थिइन् । उक्त चेक बाउन्स भई बाराम्बर ताकेता गर्दा पनि पैसा फिर्ता नगरेपछि पक्राउ गरी कानुन अनुसार दण्ड सँजाय गराउन बाध्य भएको पीडित श्याम तामाङ घिसिङले सारा खबरलाई बताएका छन् । यसैगरी शक्रिना नेवारले श्याम तामाङ घिसिङसँग पचास लाख ठगि गरेकाे प्रमाण भेटिएको छ ।

फरार अभियुक्त शक्रिना नेवार र एलिना गौतमलाई पक्राउ गरेपछि पीडितहरु गौशाला प्रहरी चौकीमा पुगेका थिए । पीडितहरुले प्रहरीको भ्यानलाई घेरा हाली नारा जुलुस समेत गरेको थियो ।

फरार अभियुक्त शक्रिना नेवारबाट ठगीएका दर्जन भन्दा बढी पीडितहरु आफ्नो दुःखले कमाको रकम फिर्ता पाउला कि भन्ने आशामा गौशाला प्रहरी कार्यलयको बाहिर नारा जुलुस गर्दै बसेका थिए । सारा खबरको प्रतिनिधिले पीडितहरुसँग संवाद गरेका थियौँ ।

सुजन श्रेष्ठलाई शक्रिना श्रेष्ठले ११ लाखको चेक दिएकी थिइन् तर तोकिएको मितिमा रकम पाएनन् पाएनन् उल्टै अभद्र व्यवहार गरेको भनि सुजन श्रेष्ठमाथि शक्रिना नेवारले मुद्धा हालेर दुःख दिएको मिडिया सामु दुखेसो पोख्दै थिए । यसरी दुःख पाउनेमा सुजन श्रेष्ठ मात्रै हैन दर्जन भन्दा पीडितहरु छन् । यसैगरी एलिना गौतमले विभिन्न आश्वासन दिएर पैसा लिएका पीडितहरुलाई पनि गौशाला चौकीमा भेटेका थियौं ।

यसैगरी अर्का पीडित केवल कुमारी थापालाई एलिना गौतमले १७ महिना अगाडी २१ लाखको चेक दिएका थिए तर थापाले रकम पाउन सकेनन् । चेक बाउन्स भएपछि एलिना केवल कुमारी थापासँग लुकीछिपी भागिरहे । थापा एलिना गौतमलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएर हिँडेका थिए । फरार अभियुक्त एलिना गौतमले फोन मार्फत विभिन्न समयमा उल्टै धम्की दिने गरेको पीडितहरुले गुनासो गरेका छन् ।

पीडित श्याम तामाङ घिसिङले सारा खबरसँग यसरी गुनासो पोखे “काठमाडौँमा केही व्यवसाय गर्नका लागि जम्मा गरेर राखेको रकम थियो । एलिना गौतमले घर जग्गाको कारोबार गर्न र आराध्य बुटिक संचालनका लागि पैसा माग्यो । मैले विश्वासले त्यही रकम दिएको थिएँ । मैले मेरो रकम फिर्ता माग्दा बल्लतल्ल चेक दिइन् । चेकमा लेखिएको मितिमा मेरो पैसा फिर्ता पाउने ठुलो आशा थियो तर चेक साँटेर पैसा निकाल्ने दिन कहिले पनि आएन । उल्टै हामीलाई मिटर ब्याजको विभिन्न आरोप लगाएर दिनु दुःख दिइन् । यदि मैले मिटर ब्याजमा पैसा चलाएको छ भने प्रमाण पेश गर्छ भने म सँजाय भोग्न तयार छु तर हुँदै नभएको आरोप लगाएर उल्टो मेरो बदनाम गर्दै हिँड्ने कति सम्मको गिर्न सक्ने ? मेरो श्रीमतीलाई हुँदै नभएको आरोपहरु लगाउने अनि हाम्रो बारेमा उल्टोसुल्टो समाचार लेखाउने देखि लिएर मिडिया बाजी गर्न पछि परेन तर पनि मैले राम्रै मुखले उनलाई आफ्नो रकम मागिरहेँ । तेरो पैसा दिँदैन के गर्छस् भन्दै उल्टो धम्की दिन थाल्यो । कुनै उपाय नभएपछि बाध्य भएर मैले कानुनी उपचार रोजेको हो । अब जे गर्छ कानुनले गर्छ ।”

यसैगरी अर्का पीडित उर्वशी भण्डारीलाई कपनमा रहेको घर देखाएर एलिना गौतम र विकास तामाङले ३० लाख लिएको खुल्नमा आएको छ । पीडित उर्वशी भण्डारीले काठमाडौँ महानगरपालिका ६ नं. वडा कार्यलय काठमाडौँमा एलिना गौतमसँग गरेको यो तमसुक हेर्नु होला ।

गौशाला प्रहरी चौकी बाहिरको दृश्य हेर्ने हो भने ति आरोपित अभियुक्तहरुले योजनाबद्ध रूपमा सोझाहरुलाई ठगेको देखिन्छ । पीडितहरुले दिएको जानकारी अनुसार काठमाडौँको कपनमा एलिना र शक्रिनाको करोडौं पर्ने आलिसान घर रहेको दाबी गरेका छन् । प्रहरीले कपनमा लुकिछिपि बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

एलिना गौतमले आराध्या बुटिक चाबहिलमा संचालन गरेको देखिन्छ । घर मालिक संग बुटिकको बारेमा बुझ्दा तीन लाख घर भाडा लिन बाँकी रहेको बताउँछन् ।

अभियुक्त शक्रिना नेवार र एलिना गौतमले पीडित श्याम तामाङ घिसिङको श्रीमतीलाई विभिन्न आरोप लगाएर न्यायलयको नै अपमान गर्न खोजेको सामाजिक संजालमा आएको टिका टिप्पणीबाट प्रष्ट देखिन्छ ।

पछिल्लो समयमा काठमाडौँमा सहकारी र विभिन्नि बाहानामा ठगी गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । ति आरोपित अभियुक्तहरुलाई कानुनले कस्तो सँजाय देला भोलिको दिनमा अदालतले अवश्य नै पीडितहरुको पक्षमा न्याय दिलाउने छ भन्ने आशा गरौँ ।

भिडियाे हेर्न नभुल्नु हाेला ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »