सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट

सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सोमबारको कर्णाली प्रदेशसभामा पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ (९ प्रतिशत) विनियोजन गरेको जानकारी दिए ।

यो कुल बजेटको ५७ प्रतिशत हो । यस्तै चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रहेको छ । यो कुल बजेटको ४३ प्रतिशत हो । त्यसैगरी प्रदेश सरकारले वित्तिय हस्तान्तरणतर्फ दुई अर्ब ९९ करोड ६५ लाख अर्थात नौ प्रतिशत बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा कोरोना महामारी नियन्त्रण र खाद्य संकट टार्ने कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको छ । कोरोना महामारी नियन्त्रण गर्नुपर्ने भएकाले यसपाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेटलाई प्राथमिकता दिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणमा लागि चालु खर्चतर्फ मात्र ८७ करोड ४१ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले बताए । यस्तै बजेटमार्फत प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति परिचालन, परीक्षण र संक्रमितको उपचारका लागि पनि बजेट विनियोजन गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »