निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

कसैलाई राजा बनाउन र आफू राजा बन्न होइन, जनताको चौकीदारी गर्न चाहन्छु – मोहम्मद इश्तियाक राई


नेपालगञ्ज, जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन्। उनले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्।


बाँके क्षेत्र नं २ मा पार्टीका प्रचार प्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनता झुक्याउने नेतालाई यसपालिको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे।


‘मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन। आश्वासन र सपनाहरू बाँडिरहेको मात्रै छैन। यसअघि पनि यो क्षेत्रले सांसद पायो। पूरै जिल्लाले प्रधानमन्त्री पनि पायो तर बाँकेले के पायोरु यो क्षेत्रका जनताले के पाएरु यहाँ के विकास भयोरु’ उनले भने ‘चौथोपटक चुनाव लडिरहेको छु। फेरि पनि मैले भोट मागिरहेको छु। दुई पटक मन्त्री हुँदामात्रै मैले के के गरें भन्ने कुरा तपाईंहरूले देखिरहनुभएकै छ।’
निर्वतमान भौतिक योजना तथा यातायात मन्त्रीसमेत रहेका उम्मेदवार राईले आफूले धर्म र सम्प्रदायको ठेकेदारी नभइ समग्र जनताको सेवक बनेको पनि दाबी गरे।


‘कोही आइरहेका छन् धर्मको ठेकेदारी लिएर। समाजमा विखण्डन ल्याउन र सामाजिक सद्भाव बिथोल्ने मुद्दा बोकेर भोट मागिरहेका छन्। राजा बन्ने सोच भएकाहरू त्यही पुरानो सोच लिएर चुनावमा आइरहेका छन्’ उनले भने ‘तर म राजा बन्न होइन, तपाईंहरूको क्षेत्रको विकासका लागि भोट मागिरहेको छु। म राजा बन्न वा कसैलाई राजा बनाउन होइन तपाईंहरूको चौकीदार बन्न राजनीतिमा आएको हुँ र फेरि पनि तपाईंहरूकै चौकीदारी गर्नका लागि भोट मागिरहेको छु।’
देशमा संघीयता र गणतन्त्रको लडाईंमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउनका लागि पनि फेरि एकपटक आफूहरूलाई मौका दिन उनले अपिल गरे।
‘कति काम गरेको छु त्यो त तपाईंहरूले देखिरहनुभएकै छ। सबैका सामुन्नेमा छन् मैले गरेका कामहरू’ उनले भने अझै धेरै कामहरू बाँकी नै छन्। ती कामहरूलाई पूरा पनि गर्नुछ र अझै विकासका योजनाहरू ल्याउनुछ। त्यसैले फेरि एकपटक मलाई मौका दिनुहोस्। तपाईंहरूको यो विस्वासलाई डगमगाउन दिनेछैन र अझै विकासको लहर लिएर तपाईंहरूसँगै हुनेछु।’
चुनाव प्रचार प्रसारका लागि जसपाले निर्वाचन क्षेत्रका सबै वडाहरूमा धमाधम प्रचार प्रसार कार्यालयहरू खोलिरहेको छ।
आइतबार पनि नेपालगन्जका विभिन्न वडाहरूमा सम्पर्क तथा प्रचार प्रसार कार्यालयहरू खुलेका छन्। जसपा प्रचार विभागका अनुसार नेपालगन्ज उपमहानगर वडा नं २२ को पुरैनी, शान्ति चौक, वडा नं १० को गासाईगाउँ, वडा नं २० मनिकापुर, राझा एयरपोर्ट, वडा नं २३ को भज्जुपुरवा, वडा नं ५ र वडा नं ११ को नाका टोलमा प्रचार प्रसार कार्यालयहरू खुलेका छन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »