सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ ।

बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ । बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »