सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंका थप २ जनामा कोरोना संक्रमण,हालसम्म उपत्यकामा ३५८ जनामा कोरोना

काठमाडौँ / ३० असार ।
काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

काठमाडौं उपत्यकाका ३ वटा जिल्लामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको छ।

जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं बागमती प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको जिल्लामा पर्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै,मंगलबार थप ११६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »