सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

काठमाडौं । मंगलबार एकै पटक २ सय ८८ कोरोना संक्रमित थपिदा काठमाडौंमा पनि ४ स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण
पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार काठमाडौंमा देखिएका ४ संक्रमित सबै काठमाडौँ मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन्।

देशभर क्वारेन्टाइनमा रहनेको कुल संख्या १ लाख ४५ हजार ३७५ रहेको छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ८ सय २५ जना रहेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »