सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंको महाबौद्धमा कोरोना देखिएपछि ३ वटा पसल सील

काठमाडौं । काठमाडौंको महाबौद्धमा पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सील गरिएको छ ।

१९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी एक महिला परिवारसँग बसेको अवस्थामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो ।

संक्रमित महिलाबाट परिवारका दिदि र भाइलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

सधैँ बाक्लो भीडभाड हुने असन इन्द्रचोक लगायतका क्षेत्रमा कोरोना संक्रमण छिटो फैलिने डर हुन्छ । एकबाट दोस्रोमा सजिलै सर्ने यो भाइरसको प्रकृति र सावधानी नअपनाइ बजार निस्कने नेपाली प्रवृतिका कारण पनि यसलाई नियन्त्रणमा ल्याउन कठिन छ ।

यसैबीच महाबौद्ध गणेश मन्दिर नजिक पसल सञ्चालन गर्दै आएका २ जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै त्यहाँ सूचना नै टाँस गरि गणेश मन्दिर नजिक रहेको पसलमा कारोबार गरेको भए र व्यापारीद्व धिरज शाह र रञ्जु शाहसँग संसर्गमा रहेको भए यथासिध्र स्वास्थ्य परीक्षण गर्न सूचना टाँस गरिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६ सय ६ सय १३ पुगेको छ । लकडाउन पूर्णरुपमा खुल्ला गरिएको छ । उपत्यकामा संक्रमित थपिएको थपियै छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »