सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा वितरित राहतमा समेत अखाद्य सामग्री, ठाउँको ठाउँ ३ लाख जरिवाना

काठमाडौं । काठमाडौंको नार्गाजुन नगरपालिकामा राहत स्वरुप वितरण गरिएको तेल म्याद नाघेको भेटिएको छ । नागार्जुन नगरपालिका ४ मा राहत प्राप्त गरेको ब्यक्तिहरूले प्रहरीमा गुनासो गरेपछि तेलमा म्याद नाघेको भेटिएको हो ।

महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लाल ध्वज सुवेदीले नगरपालिकाको वडा नम्बर ४ मा राहतका लागि बितरण गरिएको स्वस्तिक तेलको मिति नाघेको पाइएको बताउनुभयो । उहाँले अनुगमनको क्रममा नागार्जुन न.पा.४ बाफल सितापाइलामा न्यू बि.के. स्टोरले राहतको सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बिक्री गरेको पाइएको जानकारी दिनुभयो ।

प्रहरीले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई खवर गरेपछि म्याद नाघेको २ सय लिटर तेल रहेको पुष्टि भएको थियो । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रबीन्द्र आर्चायले उक्त तेल वितरक यू बि.के. स्टोरलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ठ)(ड) ३८ (ङ) को कसुरमा ३९ (ख) वमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको बताउनुभयो । विभाग र प्रहरीको संयुक्त टोलीले मिति गुज्रिएको ८० प्याकेट तेल नियन्त्रणमा लिई नष्ट गरेको छ ।

त्यस्तै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कंलकी १४ एलआरआई स्कुल नजिकै रहेको चितवन खाद्य सप्लाईसमा समेत छापा हानेको छ । मलेन्द्र बहादुर सिलवालले सञ्चालन गरेको ग्यास स्टोरमा लेवलिङ नभएको र मूल्य सूची समेत नभएको भन्दै दुई लाख जरिवाना गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »