सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा २८ सहित थप ४७३ जनामा कोरोना,संक्रमितको १४ हजार ५१९

काठमाडौं / १८ असार
बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार मात्र ४७३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो।

उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १०९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १३७ जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २ लाख ३७ हजार ७६४ र आरडीटी ३ लाख ६२० जनाको नमूना परीक्षण भएको छ। आज रेड जोनमा कोही परेका छैनन्।

भर्खरै

सम्बन्धित खबर

Language »