सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा ८१७ सहित उपत्यकामा थप ९४३ जना कोरोना पुष्टि

काठमाडौँ। काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९४३जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हिजो बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका थिए भने अस्ति ९३४ जनामा संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »