सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोन पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय १६ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय १६ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ६० संक्रमित थपिएका छन् भने ललितपुरमा ६ संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा ५० जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३ हजार ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै कुल संक्रमितको संख्या ३० हजार १ सय १७ पुगेको छ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »