सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप २४ सय २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ७ सय ८४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५२ हजार ४० पुगेको छ । काठमाडौंमा ४० हजार ५ सय ७९ जना, ललितपुरमा ६ हजार ३८, भक्तपुरमा ४ हजार १ सय ७४ जना संक्रमित थपिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »