सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना पुष्टि

काठमाडौं / २६ असार
काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । देशभर कोरोना संक्रमणको ग्राफ ओरालो लाग्दा काठमाडौं उपत्यकामा भने कोरोना संक्रमितको संख्या थपिँदै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

शुक्रराज ट्रपिकलमा गरिएको नमुना परीक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १३ जना र काठमाडौंका १५ जनामा कोरोना पुष्टि भएको हो।

यही अस्पतालमा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »