सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा १५ जनामा काेराेना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकाका दुई जिल्लामा बुधबार थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १४ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण देखिएको हो ।

टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएकाे छ ।

वीर अस्पताल प्रयोगशालमा काठमाडौंका दुई, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ ।

ललितपुरकाे स्टार अस्पताल प्रयोगशालामा पनि काठमाडौंका दुर्ई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार बुधबार देशभर थप दुई सय १० जनामा संक्रमण पुष्टि भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »