सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा ६ जनामा कोरोन संक्रमण पुष्टि

काठमाडौं । आज काठमाडौँ उपत्यकामा थप ६ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा ललितपुरका ३ जना र काठमाडौँका ३ जना गरि उपत्यकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी त्रिभूवन शिक्षण अस्पताल महाराजञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा र स्टार अस्पताल सानेपामा काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या ४ सय ०१ पुगेको छ ।

अहिलेसम्मका कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »