निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

कानपुरमा माघ १७ र १८ गते साेनाम ल्हाेछारकाे अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुदै,

काठमाडाैँ । काभ्रेकाे नमाेबुद्ध नगरपालिका वडा नं। ५ कानपुरमा प्रतिनिधि सभाका सदस्य गंगा बहादुर दाेङ बमध्वजकाे प्रमुख आतित्थ्यतामा माघ १७ र १८ गते गरी दुइ दिन बृहत साँस्कृतिक कार्यक्रम हुँदैछन् ।

नमाेबुद्ध नगरपालिका वडा नं। ५ काे विशेष आयाेजनामा हुन लागेकाे यस कार्यक्रममा बाग्मती प्रदेशसभाका सदस्य रत्न ढकाल विशेष अतिथिका रूपमा रहने आयाेजकले जानकारी दिनुभएकाे छ ।

ल्हाेछार कार्यक्रम मुल समाराेह समिति नमाेबुद्ध ५ का समयाेजक सिंग लामा र प्रचार-प्रसार विभागका छेटुप दाेङ तामाङले दिएकाे जानकारी अनुसार कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूकाे प्रस्तुति र तामाङ समुदायका परम्परा अनुसारकाे साँस्कृतिक झाकीहरूकाे प्रस्तुति रहने बताएका छन् ।

कार्यक्रममा कलाकारहरू गायक गायिका निमा दाेङ, जितु लाेप्चन, रश्मी तामाङ दाेङ, प्रयास दाेङ, प्रतिक माेक्तान, हावा लामा, बेनु लामखाेर, लाेक गायक राजेन्द्र लामा, अारती खड्का,मिना श्रेष्ठ आदिकाे बेजाेड प्रस्तुति रहने छन् भने प्रियांका नेपाली, अमिर माेक्तान,गंगा जमुना माेक्तानकाे विशेष नृत्य हेर्न पाइने छन् ।

हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुव्रेकाे हास्य प्रहशन पनि हुने छन् ।

संस्कृतिकाे पहिचान र ल्हाेछारलाइ गाउँ-गाउँबाट नै मनाउन शुरू गर्नु पर्छ भन्ने सन्देश दिनका लागि दुइ दिने ल्हाेछार कार्यक्रम गर्न लागेकाे प्रचार-प्रसार विभागका सदस्य छेटुप दाेङ तामाङले बताउनु भयाे ।

कार्यक्रमलाइ सफल बनाउनका लागि नमाेबुद्ध नगरपालिका वडा नं। ५ काे प्रमुख सहयाेग रहेकाे छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »