निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

काभ्रेको नामोबुद्धमा फागुन १२ गते बृहत साँस्कृतिक ल्हाेछार कार्यक्रम हुने

काभ्रे । ”हामी चिनाउँछाै हाम्राे नमाेबुद्ध, हामी बनाउँछाै हाम्राे नमाेबुद्ध” भन्ने मुल नाराका साथमा यही फागुन १२ गते बृहत साँस्कृतिक ल्हाेछार कार्यक्रम हुने भएकाे छ ।

कार्यक्रमकाे सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेकाे नेकपाका युवा नेता राकेश ब्लाेनले जानकारी दिनु भएकाे छ ।

प्राचिन बौद्धधर्मालम्बिहरुको स्थान नामोबुद्ध को एउटा छुट्टै सभ्यता र संस्कार बोकेको शहर हो । यस स्थानमा विभिन्न धर्मालम्बिहरु बसोबास गर्दै आएको पाईन्छ । यस स्थानमा विभिन्न जातजातीका मानिसहरु विभिन्न प्रकारको धर्महरु मान्दै आएका छन । हिन्दु धर्मालम्बिहरुको मुख्य चाड पर्व बडा दशै भने जस्तै तामाङ जातिहरुको महान पर्व ”ल्होछार” हो ।

नमोबुद्धको प्राचीन, ऐतिहासिक,धार्मिक, संस्कृतिक तथा पर्यटनकीय नगरी नमोबुद्धमा तमाङ जातीको महान पर्व ल्होछार २०७६ ( नयाँ वर्ष ) “हामी चिनाउछौ हाम्रो नमोबुद्ध, हामी बनाउछौ हाम्रो नमोबुद्ध” भन्ने मुल नाराको साथ शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम भव्य र सव्य रुपमा मनाउने उदेश्यका साथ पुजा, पाठ, झाँकि सहित नमोबुद्ध भगवान घ्याङ्ग गुठि व्यवस्थापन समितिको नव निर्मित भवन उद्घाटन गरीने छ ।

बौद्ध धर्मालम्बिहरुको महान पर्व ३८५६ औं ल्होछारको अवसरमा नमोबुद्ध घ्याङ्ग गुठि व्यवस्थापन समिति तथा नमोबुद्ध विकास मञ्चको आयोजनामा यही फागुन १२ गते काभ्रेको नमामेबुद्ध नगरपालीका वडा नं. ११ नमोबुद्ध स्तुपाको प्राङ्गणमा महान पर्व ल्होछार शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

ल्होछार अर्थात ’ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ’छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । ग्याल्पो ल्होछार मुसा वर्ग अन्तर्गतको नया वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरिन्छ । ’ल्होछार’ शब्द ’ल्हो’ अर्थात् वर्ष वा साल र ’छार’ वा ’सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।

यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि यस दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् । विशेषगरी नेपालमा तामाङ जातिले ग्याल्पो ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् ।

सोमबार हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थिति हुने आयोजकले बताएका छन । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुति हुने आयोजकले बताएको छ । कार्यक्रमको मुख्य उद्देश्य तामाङ जातिको धर्म, संस्कृति, भेषभुषा तथा कलाको संरक्षण र प्रवद्र्धन गर्नु हो । साथै नमोबुद्धलाई पर्यटकीय, धार्मीक तथा संस्कृतिक क्षेत्रमा विकास गर्नको लागी सो कार्यक्रमको आयोजना गर्न लागेको आयोक टिमले बताएका छन ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »