सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेबाट उपत्यका छिर्न कडाइ,भक्तपुरका दुई ठाउँ सिल गरियो

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि राजधानी छिर्ने पूर्वी नाका काभ्रेको विपी राजमार्ग र अरनिको राजमार्गमा कडाई गरेको छ। गृह मन्त्रालयको निर्देशन अनुसार एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश निषेध गरिएसँगै जिल्ला प्रवेशको नाका साँगामा कडाई गरिएको छ।

सवारी पास खारेज भएसँगै जिल्ला ट्राफिक कार्यालय काभ्रेले अत्यावश्यक काम बिना चलाएका सवारीहरु नियन्त्रणमा लिएर कार्बाही गर्न सुरु गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार र शुक्रबार जिल्लामा अत्यावश्यक बाहेकका २ सय ३९ वटा मोटरसाइकल र ४ वटा कारलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो।

यससगै काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरका ३६ वर्षीय सफाइ मजदुरको द्रूत परीक्षण (आरडीटी) मा कोरोना भाइरस पोजिटिभ देखिएपछि यहाँका दुई ठाउँमा सिल गरिएको छ । भक्तपुर नगरपालिका ५ स्थित योसिंखेल र सूर्यविनायक नगरपालिका ६ स्थित पाण्डोबजार सिल गरिएको हो । भक्तपुर नपा ५ योसिंखेल पुर्ख्यौली घर भएका उनी हाल सूर्यविनायक नपा ६ पाण्डोबजारमा बस्दै आएका हुन् । दुवै ठाउँमा आउजाउ हुने गरेकाले दुवै ठाउँमा सिल गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले आरडीटी पोजिटिभ देखिएका सफाइ मजदुर र उनको घरपरिवारलाई पाण्डोबजारस्थित घरमै क्वारेन्टाइन गरिएको जानकारी दिए । त्यस्तै योसिंखेल र पाण्डोबजारमा सर्वसाधारणको आवतजावत रोक्न सबै बाटाहरु सिल गरिएको उनले बताए ।‘सफाइ मजदुर र उनको घरपरिवारका सदस्यलाई घरबाहिर निस्कन निषेध गरिएको छ’, प्रहरी उपरीक्षक प्रधानले भने, ‘त्यस्तै पाण्डोबजार जाने सम्पूर्ण नाका सिल गरिएको छ ।’

काठमाडौं महानगरपालिकाले गरेको द्रूत विधिबाट कोरोना भाइरस परीक्षणमा ३१ जनाको पोजिटिभ देखिएको थियो । जसमध्ये भक्तपुरका ३६ वर्षीय सफाइ मजदुर पनि एक थिए तर उनको श्रीमतीको भने नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । उनकी श्रीमती पनि काठमाडौं महानगरपालिकाकी सफाइ मजदुर नै हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »