कार्यनीतिक ब्यानरको डोरी, रणनितीको गलामा लगेर पासो नलगाउँ: – हेम बहादुर खड्का (क. आरोहण)

जनक्रान्तीको_कार्यनीतिक_नारा_जनमत_सङ्ग्रह_हैन:

क्रान्तिमा सम्झौता वा सहमतिको कुनै वार्ता हुँदैन बरु निशर्त क्रान्तिलाई एकीकृत गर्दै जाने र बृहत धुर्बिकरण तर्फ जानेकुरा बैज्ञानिक कुरा हो,

क्रान्तिको मोडेल नेतृत्वमा रहेकाले आफू खुशी मोड्ने अपव्यख्या गर्ने कुसंस्कृत अभ्यासले क्रान्ति सफल हुन सक्दैन ।

नेपालको आन्दोलनमा पनि क्रान्तिकारी पार्टीहरु पुनर्गठन गर्ने र अन्ततः लेनदेनको सहमतिलाई नै क्रान्तिमा प्राप्त गरेको सफलता मान्ने गरेका छ्न, संघर्ष बिस्तारै छोड्दै जाने, जनताका मुख्य मुद्दा छोडेर, त्यही व्यबस्था सङ्ग अपिल गर्ने यो प्रक्रियाले क्रान्तिकारीहरुको बिद्रोहलाई कम्जोर र असंभव तुल्याउने खेलोमेलो भित्रीसकेको अनुमान लगाउन सकिन्छ ।

यसो अहिलेको प्रकृति हेर्दा आफ्नो गुण र रङ्ग बदल्ने माहिर खेलाडीहरुले समेत पराजित हुनपुग्नुको मुख्य कुरा नै कार्यशैली थियोे, जसको विरुद्ध आन्दोलन वा संघर्षको उठान भएको थियो, उसको किल्ला हल्लाउन नसकेपछि कि त पुरानै सत्तालाई बदल्ने मोर्चा लड्नु पर्थ्यो नत्र त्यही सत्ता अनुरुपको आफ्नो रंग बदल्न पर्ने वाध्यकारी अवस्था बाहेकको विकल्प बन्न सक्दैनथ्यो ।

क्रान्तिलाई निशर्त रुपमा त्यो पुस्ताले सकेको गर्ने र दोस्रो पुस्ता तयारी गर्न नलाग्ने , आफैंले मात्रै गर्न पर्ने नत्र अरुले गरेकोमा स्वामित्व लिन नसक्ने कारण बिद्रोह पटकपटक उठ्ने र फेरि पुनर्गठन गरिरहनु पर्ने बाध्यकारी अवस्था सिर्जना हुने गर्दछ ।

यस्तो अबस्थामा, मुख्य मुद्दा व्यवस्था बदल्नु मात्रै हुन्छ र यसका समर्थकहरुको मोर्चा बनाएर लड्नुको विकल्प हुँदैन ।

चारैखाले शक्तिलाई चार ईलाकाको कार्यभार त्यही शैलीमा आन्दोलनको उठान अबको एउटा आधार हुनसक्छ । यही व्यवस्थाले गर्ने जनमत सङ्ग्रह पुजीवादीहरुकै नारा हो भन्दा फरक पर्दैन, यदि जनमत सङ्ग्रह नै गर्ने हो भने सरकार र राजनितीक दलहरू समाजवादी मोडेलको बैकल्पिक सरकार बनाउन तयार हुनु पर्दछ, जसले समाजवादी मोडेलकै जनमत सङ्ग्रह/निर्वाचन गर्न सक्दछ ।

#दलाल_समाजवादको_उत्पत्ति_भयो:

१८३० जुलाईको फ्रान्सेली क्रान्ति र अर्को ईङ्ग्ल्याण्डको सुधार आन्दोलनमा, सामन्ती बर्ग नै समाजवादको ब्यानर बोकेर आन्दोलनमा आयो, र वास्तविक समाजवादी संघर्षको अन्त्य गरिदिएयो, त्यसपछि समाजवादी आन्दोलनका संघर्ष त के प्रतिरोध गर्ने आधार सम्म रहेन र साहित्यिक संघर्ष मात्रै विकल्प रहेको थियो ।

नेपालमा उस्तै प्राकृतिको राजनीतिक घटनाक्रम देखा पर्यो,

सर्बहारा बर्गको भीषण हमलाले पराजयको ढिकमा पुगेको शोषक सामन्तीको अवशेष जोगाउन, दलाल समाजवादको भयानक भबिस्यबाणी गर्न लगाईयो ।

यसको सानो उदाहरण,

विभिन्न खाले प्रगतिशील र परिवर्तनका आन्दोलन र संघर्षहरुलाई कमजोर बनाउन त्यो शक्तिको नेतृत्व गरेको १० वर्षको महान जनयुद्धलाई कथित बृहत् शान्ति सम्झौताको नाम दियो, र ६४ सालको संसदीय चुनावमा सहभागी गराईयो, तर बहुमतको सरकार र प्रगतिशील सरकारले प्रगतिशील संविधान निर्माण गर्ने छाटकाट देखेपछि ९०% बनिसकेको भनिएको संविधानको १ पाना पनि नदेखाई कुन खाल्डामा गाडियो पत्ता भएन, त्यो शक्तिलाई कम्जोर बनाएर अर्को चुनावको प्रपन्च रचियो, ७२ सालमा चुनाव गरियो,

संविधानबाट_वैदेशिक_शक्तिले_प्राप्त_गरेका_खासकुरा:

७२ सालको संविधानले वैदेशिक शक्ति केन्द्रहरुको केही हद सम्मको सामुहिक स्वार्थ पुरा गर्यो, जस्तो कि भारतले डिजाइन गरेको संघीयता, युरोपियनहरुले डिजाइन गरेको धर्म निरपेक्षता र अमेरिकाले चिन माथी गरेको घेराबन्दि र जातिय अन्तरद्वन्दको बिज यी सबै स्वार्थका कारण केही असन्तुष्टि हुदाहुदै पनि संविधान बन्यो,

प्रगतिशील र बामपंथी शक्तिकेन्द्रको गठजोड र क्रान्तिकारी शक्तिको उदयले फेरि पनि बिस्तारवादी र साम्राज्यवादका किल्लाहरुमा कम्पन गएको थियो, निगम पुजीवाद, विभिन्न कर्पोरेट हाउस मार्फत भित्रीने र दलाल पुजीवादको दिनदहाड व्यापारिक स्वतन्त्र र उत्पादन माथीको हस्तक्षेप बढेर राजनीतिक , सामाजिक र सान्स्कृतिक क्षेत्रमा भएको ठाडो हस्तक्षेपको काउन्टर क्रान्तिकारी शक्तिले गर्ने र त्यस्को सहायक शक्ति बामपंथीहरुको एकताले बन्ने देखेर पुजीवादीहरुले फेरि अर्को समाजवादी जाल केही समाजवादी खोल ओडेकाहरुलाई जिम्मा लगाएर अर्को खेलोमेलो सुरु गरेका छ्न, यसले सच्चा समाजवादी क्रान्तिकारी शक्तिलाई अर्को चुनौती थपेको छ ।

बामपंथी सरकार र यसको कित्ताकाट पनि वैदेशिक शक्ति केन्द्र सम्म जोडियो,

प्रतिगमन बिरुद्धको आन्दोलन थियो, एकापटी संयुक्त आन्दोलन र अर्को तर्फ सच्याउने नामको सहमतिको वार्ता, प्रतिगमन बिरुद्ध लडेको शक्तिकै गठजोडले अग्रगमनको हार भएको छ ।

नवोदित अग्रगमनकरिहरुको यो पराजयले अन्ततः अब प्रतिगमन बिरुद्धको आन्दोलन गर्ने जग समेत खलबलिएको छ, अब आन्दोलनको आधार फेर्नुपर्ने संघर्षको संकट आईपरेको छ । सारमा यो दलाल समाजवादको उत्पत्तिको प्रारम्भिक चरण हो ।

यो बिचमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा भएको अपुरणिय क्षति, त्याग र समर्पणको मुल्य कसले भर्ती गर्ने ? नेतृत्व तह सङ्ग, यो संघर्षको अबमुल्यनको हिसाब के ती योद्धाहरुले लिने हिम्मत गर्नसक्छन् ? वा नेतृत्वले नैतिक जिम्मेवारी लिएर आत्मासमिक्षा गरेर अर्को आधार निर्माण गर्न सक्छन् ? त्यस्तो आधार के हो? के नयाँ शिराबाट आन्दोलन उठाउन ती शक्तिहरु तयार छ्न ?

छैनन् ,

बरु_क्रान्तिकारी_शक्तिलाई_फेरि_पनि_विभिन्न_खाले_लेनादेनामा फसाउने_षड्यन्त्र_भने_देखिन_थालिसकेको_छ,

यही व्यवस्थाले गर्ने जनमत सङ्ग्रहले समाजवादी व्यवस्था ल्याउने कार्यनीतिक नाराले रणनीतिको घाँटी कसेको छ, कार्यनीतिक नारा बोकेको ब्यानरको डोरी रणनीतिको गलामा पासो हाल्ने केही व्यक्तिहरु आन्दोलन भित्र छ्न, तिनको पहिचान र सफाया नै अबको थप संघर्षमा जानका लागि अबरोध फुकाउने एकमात्र विकल्प रहेको छ, पार्टी सङ्गठनमा शुद्धिकरणको बमबार्ड र रुपान्तरण, एकता अनि संघर्ष सहितको बृहत् क्रान्तिकारी धुर्बिकरणले मात्रै समाजवादी क्रान्ति सम्पन्न हुने देखिन्छ यसको तयारीमा बिशेश रुपले लाग्ने कार्यनीति बनाउनेतर्फ लाग्ने पो हो कि ?

+ posts
Language »