काेराेना कहर, वडाध्यक्ष विकुलाल माेक्तान जनताकाे घर-घरमा

काठमाडाैँ । काभ्रे जिल्ला तेमाल गाउँपालिकाकाे प्रत्येक वडामा विदेशबाट आएका १८ जनाकाे र्यापिट टेष्ट सम्पन्न भएता पनि वडा नं-६ ठुलाे पर्सेलका वडाध्यक्ष विकुलाल माेक्तान तामाङ जनताकाे घर-दैलाेमा पुगेर मेडिकल टिम सहित सेवा दिइरहेका छन् । ०७५/०७६ काे रेकर्ड अनुसार ठुलाे पर्सेलमा पूर्ण अपङ्गता भएकाहरू १३ जना रहेका छन् । ति अपाङ्ग व्यक्तिहरूलाई स्यानिटाइजर, माक्स वितरण कार्य पनि गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले लकडाउनलाई अझ कडाइ गर्नका लागि गाउँपालिका प्रवेश गर्ने सम्पुर्ण नाकाहरूमा बाँसकाे तगाराे हाल्दै हिँडेका थिए । सामाजिक संजाल लगायत सबैतिर चाैतर्फी विराेध भइरहेको बेला वडाध्यक्ष विकुलाल माेक्तान भने आफ्नाे वडामा प्रवेश हुने नाकामा बाँसकाे तगाराेको सट्टा लगभग् २० लिटर पानी अट्ने बाल्टीनमा पानी , हात धुने साबुन र स्यानिटाइजरकाे व्यवस्था गर्नमा नै व्यस्त थिए ताकि कोही, कसैले वडामा प्रवेश गर्दा हातमुख साबुन पानीले धुन सकुन् ।

अहिले ठुलाे पर्सेल स्वास्थ्य चाैकीका इन्चार्ज मदन शाहलाई लिएर प्रत्येक जनताकाे घर- दैलाेमा पुगिरहेका छ्न् । अध्यक्ष माेक्तानका अनुसार रूघाखाेकीकाे बिरामी भने धेरै भेटेकाे बताउनुभयो ।

हस्पिटल किन आउनु भएन त ? भन्ने प्रश्न गर्दा घरबाट बाहिर ननिस्कनु भनेकाे हुनाले स्वास्थ्य चाैकी नगएकाे जवाफ पाएको पनि अध्यक्ष माेक्तानले जानकारी दिनुभयाे । यसका साथै मुटुराेगी, सुगर राेगी र प्रेसर राेगीहरू पनि धेरै भेटेकाे बताएका छन् । ति सम्पुर्ण बिरामीहरूकाे औषधी उपलब्ध गराइ दिने अनुराेध अनुसार सिफारिस उपलब्ध गराइ दिने र नसक्नेलाई अध्यक्ष आफैँले ल्याइदिने व्यवस्था गरेकाे बताउनु भयाे ।

वडा अध्यक्ष आफैँ घर -घर पुगेर स्वास्थ्य समस्याबारे कार्य गर्नु चुनाैतिपूर्ण रहेता पनि जनप्रतिनिधिकाे दायित्व पुरा गरिरहेको स्पष्ट हुन्छ । तर नाकामा बाँसकाे तगाराे लगाएर जनताकाे सेवा हुन्छ ? के बाँसको तगारोले कोरोना भाइरसको बाटो छेकिन्छ त ? अहिले तेमाली जनताको मनमा चाैतर्फी उठेकाे प्रश्न हाे याे ।

”ठुलाे पर्सेलकाे सिंगटी छाप, पाेकुवाल, मगर छाप, पधेराे टाेल, लगाएतका स्थानमा काेराेना त्रासकाे बेला हिडेर सेवा दिनु भनेकाे जनताकाे मनमा अमिट छाप छाेड्नु हाे ।” रूखबाट खसेर पुर्ण अपंङ्ग भएकाे शिक्षक केदार मैनालीले खुशी व्यक्त गर्दै भन्नु भयाे ।

अन्य वडाध्यक्षहरूले जनताकाे स्वास्थयमा के कति ख्यल राख्न सकेकाे छ ? रिर्पाेट अाउन नै बाँकी छन् ।

ठुलाे पर्सेलमा पुर्ण अपाङ्गता र सामान्य विरामी भएकाहरू र नियमित औषधि सेवान गर्नेहरूकाे नामवली यस्ताे छ

, केदार प्रसाद मैनालि (पन्च कन्या मा बि स्कुल)पुर्ण अपाङ्ग
२, अनिता तामाङ (घ्याङ्म्राङटाेल)पुर्ण अपाङ्ग र नियमित औषधि सेवान
, कुन्छङ्डाेल्मो तामाङ (आम्दोङटाेल)अपाङ्ग
,एबा कुमारी मगर (भुमेस्थान) अपाङ्ग र नियमित औषधि सेवान
, रमेश कुमार सिन्जालि मगर (भुमेस्थान)मुटुराेगी नियमित औषधि सेवान
, कल्पना सिन्जालि मगर (भुमेस्थान)साधरण रूगखाेकी र जराे
, दिल कुमारी सिजाली मगर (भुमेस्थान) साधरण रूगखाेकी र जराे
, बबिता रसाईली (कामीटाेल)पुर्ण अपाङ्ग
, कान्छि कामी (कामीटाेल) साधरण रूगखाेकी र जराे
१०, ठूले कामी (कामीटाेल) साधरण रूगखाेकी र जराे
११, रमा रसाईली (कामीटाेल)साधरण रूगखाेकी र जराे
१२, साईला कामी (कामीटाेल)साधरण रूगखाेकी र जराे
१३, उषा तामाङ (माथिल्लोछाप) अपाङ्ग
१४, मेघ बहादुर तामाङ (माथिल्लोछाप) अपाङ्ग
१५, सानो धर्म सिङ तामाङ (माथिल्लोछाप) सुगर र प्रेसर राेगी नियमित औषधि सेवान
१६, सर्किस्या तामाङ (माथिल्लोछाप) प्रेसर राेगी नियमित औषधि सेवान
१७, पेमा दोर्जे तामाङ माथिल्लोछाप, साधरण रूगखाेकी र जराे
१८, गंग बहादुर राना मगर (मगरछाप) प्रेसर राेगी नियमित औषधि सेवान
१९, साईली राना मगर (मगरछाप) प्रेसर राेगी नियमित औषधि सेवान
२०, बिश्नु बहादुर थापा मगर (मगरछाप) प्रेसर राेगी नियमित औषधि सेवान
२१, धन माया थापा मगर (मगरछाप)प्रेसर राेगी नियमित औषधि सेवान
२२, लवाङ तामाङ (पधेराटाेल) पुर्ण अपाङ्ग
२३, नारायण मैनालि (मैनालिटाेल) अपाङ्ग
२४, जिना थापा मगर (मगरछाप) पुर्ण अपाङ्ग
२५, सनो चन्द्रमान तामाङ ( हाेटेलडांडा) अपाङ्ग

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »