काेराेना भाइरस विरूद्धकाे भ्याक्सिन नेपालमा बनाउन सकिन्छ, मेराे Theory गलत छैनः डा. दास

हेटौंडा । हेटौंडास्थित वनविज्ञान अध्ययन प्रतिष्ठान प्रयोगशालामा काेराेना भाइरसविरुद्धको खोप तयार भएको समाचार बाहिरीएपछि सारा खबरकाे क्यामरा युनिट पत्रकार दिल रूम्बा तामाङसँगकाे सहकार्यमा हेटाैँडा पुगेका थियाैँ । हामीले त्यहाँ विभिन्न व्यक्तिहरूसँग पनि संवाद गरेका थियौँ ।

हामी त्यहाँ पुग्दा डा. दास राष्ट्रिय एक टेलिभिजनमा अनलाइन भिडियाे मार्फत अन्तरवार्ता दिइरहेकाे भेटे । त्यसपछि मलाई पनि उहाँसँग अन्तरवार्ता लिन उत्साह जागेर आयाे ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा. डा. ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका छन् । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् ।

सिमित स्रोतसाधन भए पनि अत्यन्त सुक्ष्मरुपले अध्ययन अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा. दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए ।

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए । वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा. दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्धक जडिबुटीबाट निर्माण गरिएको हो । तर नेपाल सरकारले यसबारे खासै चासाे नदेखाएकाेमा डा. दास चिन्तित देखिन्छन।


उहाँले सारा खबरसँगकाे संवादमा भन्नु भन्नुभयो “याे मेराे एक्लाे स्वार्थका लागि भनेकाे हाेइन । मेराे विनम्र अनुराेध छ कि विभिन्न मिडियाकाे माध्यमबाट नेपाल सरकार सामु याे कुरा पुगाेस् । सरकारकाे चाँडाे भन्दा चाँडाे ध्यान जाअाेस् भन्ने मेराे अनुराेध छ ।”

केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो । ‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे ।

कलेजका प्रा. दामोदर गैरेले पनि डा. दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप उपलब्धिपूर्ण हुने विचार व्यक्त गरे । यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ । सङ्घीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गरेका छन् ।

भिडियाे सम्वाद हेर्न नभुल्नु हाेला ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »