सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किस्ता भुक्तानीको समय थप हुन्छ : गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं / २६ असार
बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएर बैङ्कको ऋण तिर्न नसक्नेले थप समय पाउने भएका छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गर्न नेपाल राष्ट्र बैङ्कले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तभित्र ऋणको सावाँ र ब्याज तिर्न नसक्नेलाई थप समय दिइने बताउनुभयो ।

गभर्नर अधिकारीले बैङ्क तथा वित्तीय संस्थालाई ऋणीलाई अनावश्यक तनाव नदिन पनि आग्रह गर्नुभयो । प्राविधिक कारणले मौद्रिक नीति असारमै ल्याउन असजिलो भएको भन्दै उहाँले साउनको पहिलो साता बैङ्क तथा वित्तीय संस्था र व्यवसायी दुवैलाई समेटने गरी नीति आउने जानकारी दिनुभयो ।

पुँजी बजारलगायत अर्थतन्त्रमा सुधारका सङ्केत देखिएको भन्दै उहाँले अतालिनुपर्ने अवस्था नरहेको जनाउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »