निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

कुहिएकाे राहत बाँडेकाे आराेपमा मेयर सहित ७ जना पक्राउ

केहि सयम अगाडी अखाद्य सामाग्री वितरण गरेकाे समाचारले निकै चर्चा पायाे । अहिले त्यही व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरि साेधपुछ गरिरहेकाे छ । त्यत्तिबेला लकडाउनका कारण मारमा परेका समूदायलाई कुहिएको राहत बाँडेकाे अाराेप लागेकाे थियाे

मंगलबार प्रहरीले राहतमा कुहिएको दाल बाँडेको भन्दै बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवसहित अन्य ७ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (एसपी) एसपी कृष्ण पंगेनीले मेयरलाई सोधपुछका लागि पक्राउ गरेको बताए। उनले कुहिएको राहत बाँडेको उजुरी आएपछि सोधपुछका लागि पक्राउ गरेको बताए।

‘मेयर रायसहितको टोलीले विभिन्न ठाउँमा बाँडेको रहात कुहिएको भेटिएको उजुरीका आधारमा हामीले उहाँलाई सोधपुछ गर्न पक्राउ गरेका हौँ’, एसपी पंज्ञेनीले जानकारी दिएकाे छ , अहिले सोधपुछ गरिरहेका छौँ।’

गत २८ गते नगरले वितरण गरेको राहतमा कुहिएको दाल, चामल भ भेटिएपछि यसअघि नै तीन वडाध्यक्ष र मिलका सञ्चालकलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश साह रहेका छन्।

त्यस्तै धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन, कोल्ड स्टोर रेखदेख गर्ने मुन्सीकुष्ण यादव पनि पक्राउ परेका छन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »