सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कृषकको मागअनुसार रासायनिक मल पाउन अझै डेढ महिना लाग्ने

काठमाडौं । देशभरका किसानहरु यतिबेला रासायनिक मलको अभाव झेलिरहेका छन् । मनसुनी वर्षा सुरु भइनसकेको र रोपाइँ मुखैमा आएपछि किसानहरु रासायनिक मल खोज्दलै जिल्ला सदरमुकाम तथा नजिकको सहकारी पसलमा पुगेका छन् । तर घण्टौं लाइन बस्दा पनि रासायनिक मल भने मागेजति पाउन सकेका छैनन् ।

मल अभाव चुलिँदै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेे लकडाउनका कारण रासायनिक मलको माग पूरा गर्न नसकिएको तर प्रयास जारी रहेको प्रष्टोक्ति दिएको छ ।

किसानलाई अनुदानमा मल वितरण गर्न समयमै खरिद प्रक्रिया अघि बढाइए पनि लकडाउने गर्दा समयमै मल ल्याउन नसकिएको मन्त्रालयको दाबी छ । अघिल्लो वर्षको तुलनामा किसानले मागेजति मल पाउन अझै डेढ महिना लाग्ने कृषि सचिव राजेन्द्र प्रसाद भारीले जानकारी दिए ।

यस वर्षको वर्षे सिजन सुरु भएसँगै रासायनिक मलको मागमा अत्याधिक वृद्धि भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट चार लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल किसानलाई वितरण गर्ने कार्यक्रम भए पनि लकडाउनका कारण एक लाख मेट्रिक टन भारतको बन्दरगाहमा अड्किएको मन्त्रालयले जनाएको छ ।

असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजनाअनुसार सबै काम सके पनि लकडाउने ठूलो असर पारेको मन्त्रालयले जनाएको छ । गत वर्षभन्दा २५ हजार मेट्रिक टन मल बढी वितरण भए पनि बाँकी मल उपलब्ध गराउन लागिपरिरहेको मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »