केहि दिन मत्थर रहेको मनसुन फेरि सक्रिय,भोलिदेखि भारी वर्षा

काठमाडौं। नेपालमा केहि दिनदेखि अलि मत्थर रहेको मनसुन फेरि सक्रिय बन्ने देखिएको छ । भोलि (सोमबार) रातिदेखि फेरि कम्तीमा चार दिन भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

महाशाखाका अनुसार सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबार जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

‘साउन १२ गते (सोमबार) रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार नै जारी गरेको विशेष मौसमी बुलेटिनमा भनिएको छ, ‘त्यसैले ती स्थानका नदी खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

+ posts

Leave a Reply

Your email address will not be published.

Language »