सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड-१९बाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ६१ हजार नाघ्यो, संक्रमित साढे १० लाख

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर र दैनिक मृत्यु संख्यामा कमी आउन सकेको छैन। अघिल्ला केही दिनहरुमा कमी आएको भए पनि मंगलबार र बुधबार फेरि यो संख्या बढेको छ ।

बुधबार मात्र अमेरिकामा कोरोना संक्रमणका कारण २ हजार ३९० जनाको ज्यान गएको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ । त्यहाँ मंगलबार २ हजार ४७० को मृत्यु भएको थियो । तर सोमबार कोरोना संक्रमणका कारण १ हजार ३८३ को ज्यान गएको थियो भने आइतबार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ मात्र रहेको थियो ।

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६१ हजार ६५६ को ज्यान गइसकेको छ । साथै त्यहाँ १ लाख ४७ हजार ४११ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । हाल ८ लाख ५५ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ ।

बुधबार अमेरिकामा मंगलबारको तुलनामा कोरोना संक्रमणका नयाँ केस थप बढेका छन् । बुधबार मात्र त्यहाँ २८ हजार ४२९ नयां संक्रमित फेला परेका छन् । जबकि मंगलबार २५ हजार ४०९ नयाँ संक्रमित फेला परेका थिए भने सोमबार २२ हजार ९६३ नयाँ संक्रमित फेला परेका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या १० लाख ६४ हजार १९४ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पनि पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको थियो र मंगलबार फेरि यो संख्या बढेको थियाे । तर बुधबार फेरि संक्रमित र दैनिक मृत्यु कम भएकाे देखिएकाे छ ।

हाल न्यूयोर्कमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ४७४ पुगेको छ । बुधबार मात्र त्यहाँ ३३० काे मृत्यु भएकाे छ । यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । जबकि मंगलबार ५२१ को मृत्यु भएको थियाे भने सोमबार ३४८ को मृत्यु भएको थियो ।

अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा पनि काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ७७० पुगेकाे छ । त्यहाँ पनि एकैदिनमा बुधबार ३२८ काे मृत्यु भयाे ।

सबैभन्दा बढी प्रभावित १५ राज्यको पछिल्लो अवस्था-

भर्खरै

सम्बन्धित खबर

Language »