सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाकै कारण एघारौ व्यक्तिको मृत्यु ,३३३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एघारौ व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको हो ।

सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका युवकको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनि मृत्यु हुने ११ औं व्यक्ति हुन्।उनि सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० बर्षीय युवा हुन् । उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

जेठ ८ गते भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएकानको सोही दिनको राति २ बजे मृत्यु भएको थियो । घर पुगे लगत्तै उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनीसहित अन्या पाँचजना वडा नं एकको एउटा सामुदायिक भवनमा बसेका थिए ।

बिहीबार एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार आज शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो।

यो सगै नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या तीन सय ३३ पुगेको छ। शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »