सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाको खोप आउनुअघि विश्वमा २० लाख बढी मानिसको ज्यान जान्छ : डब्ल्यूएचओ

काठमाडौं। कोरोना भाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड-१९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ।

डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने चेतावनी दिएका छन्।

माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ।

उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताए।

तर उनले भने, “सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन्।”

माइक रायनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन्।

माइक रायनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न आग्रह गरेका छन्

रायनले सरकारहरूलाई कोभिड-१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न आग्रह गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »