सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाको जोखिमका कारण एन्फा मुख्यालय एक साता बन्द

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को ललितपुरस्थित सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय एक साता बन्द हुने भएको छ ।

कोरोनाको बढ्दो संक्रमणको जोखिमका कारण एन्फाले एक साता कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दर बढ्दै गएको र सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण तथा व्यवस्थापन गर्ने निकायहरुबाट सावधानी अपनाउन सुचित गरेकाले कार्यालय बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।

एन्फाले सोमबार मात्रै आगामी भदौ १५ गते गर्ने भनिएको साधारण सभा पनि कोरोना संक्रमणकै कारण स्थगित गर्ने निर्णय गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »