सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

काठमाडौं। बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमित कुल मृतकको संख्या १२० पुगेको छ।

यस्तै, बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »