सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो ।

उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »