सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट पोखरामा एक जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या २५ पुग्याे

पोखरा / ११ असार

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषकाे कोभिड-१९ को कारण मृत्यु भएको हाे ।याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा. अर्जुन आचर्यका अनुसार हिजाे (बुधबार) राति ११ : ३५ मा उनकाे मृत्यु भएकाे हाे । उनकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेकाे थियाे ।

उनी यहि ८ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »