सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाले थप १ को मृत्यु,नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो,५८४ डिस्चार्ज

काठमाडौं । कोरोनाले थप एकको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।

चितवन भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए। सोमबार साँझ मात्र उनको पीसीआर रिपोर्टको नतिजा पोजेटिभ आएको थियो।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र यो गरी १५ जनाको मृत्यु भएको छ

संक्रमितको संख्या भने चार हजार ८५ पुगेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »