सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना नियन्त्रण र लकडाउनको मोडालिटीबारे प्रधानमन्त्रीको विज्ञहरूसँग छलफल हुदै

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गर्न लागेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामाका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे छलफल गर्न लागेका हुन्। स्रोतका अनुसार छलफल दिउँसो ४ बजेका लागि तय भएको बताइएको छ।

छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ,अर्थविद,योजनाविद,नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बोलाइएको थापाले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »