निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

कोरोना संक्रमणबाट खोटाङ ऐसेलुखर्ककी ३२ वर्षीय युवतीको बेलायतमा मृत्यु

खोटाङ। कोरोना भाइरसको संक्रमणबाट खोटाङ जिल्ला ऐसेलुखर्क पुर्ख्यौली घर भई हाल बेलायतमा बस्दै आएकी ३२ वर्षीया नेपाली मूलकी युवतीको मृत्यु भएको छ ।

बीमा नाछिरिङ राईको म‌ंगलबार जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुन् । उनी गत वर्षमात्रै युके पुगेकी थिइन् ।

मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साताअघि सो अस्पताल भर्ना गरिएको थियो । उनको परिवारमा बाबा, आमा र एक बहिनी मात्र छन् ।

उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरूमा सबैभन्दा कम उमेरका नेपाली हुन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »