सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक सुरक्षाकर्मीको मृत्यु

काठमाडाैं। कोरोना भाइरसको संक्रमणबाट एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट सुरक्षाकर्मीको मृत्यु भएको पहिलो घटना हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मनिपाल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित सुरक्षाकर्मीको आज मृत्यु भएको हो। उनी सशस्त्र प्रहरीका जवान रहेका छन्।

ढोरपाटन नगरपालिका २ का २५ वर्षीय सशस्त्र प्रहरी जवानमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »