सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध नगर्न मानव अधिकार आयोगको अनुरोध

काठमाडौं / असार १२

राष्ट्रिय मानवअधिकार आयोगले कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी,स्थानीय जनप्रतिनिधिहरु तथा बासिन्दाहरुबीच भएको झडपको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीयसँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले अवरोध गरेको र स्थानीयको अवरोधकाबीच पनि सुरक्षाकर्मीहरुबाट बल प्रयोग गरी शवको व्यवस्थापन गर्ने क्रममा स्थिति तनावपूर्ण भएको आयोगको अनुगमनबाट देखिएको पनि आयोगले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै आयोगले भनेको छ ‘कुनैपनि व्यक्तिको मृत्युपश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्परा अनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानूनका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूति गरेको छ ।

नेपाल सरकारले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनकरुपमा शव व्यवस्थापनको लागि कार्यविधि समेत निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।’

अतःकोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमा स्थानीय निकायसँग समन्वय गर्दै अगाडि बढ्ने वातावरणको सिर्जना गर्न आयोगले नेपाल सरकारलाई आग्रह पनि गरेको छ ।

साथै, यस विशेष परिस्थितिमा नेपाल सरकारले लागू गरेका कार्यविधिहरुको प्रभावकारी पालनामा सहयोग र साथ दिन आयोगले स्थानीय सबै सरोकारवालालाई आग्रह समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »