सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना संक्रमित थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो

काठमाडौं। कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मधुमेह र रक्तचापका बिरामी उनको सोमबार निधन भएको हो ।

ज्वरो तथा श्वास–प्रश्वासमा समस्या आएपछि मंगलबार नै कोसी अस्पतालको आइसोलेसनमा उनलाई भर्ना गरिएको थियो ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संंख्या ५८ पुगेको छ।

त्यस्तै आज काठमाडौं उपत्यकामा ६२ सहित देशभर २५९ जना नयाँ संक्रमित थोइएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »