सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्याबिनेट निर्णयले नेकपाभित्र हलचल, पूर्वमाओवादी समूहको छुट्टै बैठक

काठमाडौं। पार्टी विभाजनको विषयमा मन्त्रिपरिषद् वैठकले निर्णय लिए लगत्तै पूर्व माओवादी समूहमा तरंग उत्पन्न भएको छ । वालुवाटारमा बसेको मन्त्रिपरिषद्को वैठक लगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पूर्व माओवादी नेता एवं मन्त्रीहरु भेला भएका छन् ।

मन्त्रिपरिषद् वैठकले पार्टी विभाजन गर्न संसदीय दल या केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने अध्यायदेश ल्याउने निर्णय गरे लगत्तै उर्जा मन्त्री वर्षमान पुनको सक्रियतामा बैठक बसेको थियो ।

बैठकमा आपूर्ति मन्त्री लेखराज भट्ट, खानेपानी तथा सरसफाई मन्त्री विना मगर र वन मन्त्री शक्ति बस्नेत सहभागी भए पनि गृहमन्त्री रामबहादुर थापा भने सहभागी हुनु भएन । बैठक पछि अहिले पूर्व माओवादीका नेता एवं मन्त्रीहरु प्रचण्ड निवास खुलमटार पुगेका छन् । मन्त्रिपरिषद बैठकबारे प्रचण्डलाई मन्त्री पुनले बिफ्रिङ गरेपछि आजै साँझ प्रचण्ड निवासमा पूर्वमाओवादी समूहको छुट्टै बैठक बस्ने तयारी रहेको नेकपा एक स्थायी कमिटी सदस्यले बताए।

‘अस्वभाविक समयमा अस्वभाविक निर्णय आयो’ बैठकमा सहभागी एक मन्त्रीले भने ‘ स्थितिको गम्भीर विश्लेषण गर्न अध्यक्षज्यू (प्रचण्ड) को मा जुटेका छौ ।’

नेकपा अध्यक्षद्धयबीच पछिल्लो समय बढ्दो विवादले चरम रुप लिइसकेको पनि मन्त्रिपरिषद्को निर्णयले देखाएको टिप्पणी राजनीतिक वृतमा हुन थालेका छ ।

काठमाडौं : पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णयलगत्तै सत्तारुढ दल नेकपाभित्र हलचल मच्‍चिएको छ। सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी समूहका मन्त्रीहरुको छुट्टै बैठक बसेको छ।

दल फुटाउन सहज पार्ने अध्यादेश ल्याउने सरकारको निर्णय
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेपछि पूर्वमाओवादी समूहका मन्त्रीहरु आश्चर्य परेका थिए। ‘बैठकमा प्रधानमन्त्री ओलीले कुनै एक कमिटीमा ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याउने प्रस्ताव गर्नुभयो’ पूर्वमाओवादी समूहका एक मन्त्रीले अन्‍नपूर्ण अनलाइनसँग कुरा गर्दै भने ‘उहाँले एकाएक किन यस्तो प्रस्ताव गर्नुभयो हामी आश्‍चर्य पर्‍यौं।’

यसैबीच बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटार गएका छन्। मन्त्रिपरिषद बैठकबारे प्रचण्डलाई मन्त्री पुनले बिफ्रिङ गरेपछि आजै साँझ प्रचण्ड निवासमा पूर्वमाओवादी समूहको छुट्टै बैठक बस्ने तयारी रहेको नेकपा एक स्थायी कमिटी सदस्यले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »