सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाइनको रुपमा प्रयोग गरिने सुविधायुक्त होटलहरू सूची सार्वजनिक

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरूलाई लक्षित गरी सरकारले क्वारेन्टाइनका रूपमा प्रयाेग गर्न छानिएका होटलको सूची सार्वजनिक गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै प्रारम्भिक सूची सार्वजनिक गरेकाे हाे ।

कुल ४७ हाेटलकाे नाम तय गरिएकाे उक्त सूचीमा एकतारेदेखि चारतारे होटलसम्म रहेका छन् । अधिकांश हाेटल काठमाडाैँ उपत्याकाभित्रै तथा एक पाेखरा र एक रूपन्देहीमा रहेका छन् ।

सरकारले विदेशबाट फर्किने नेपालीहरुलाई होटलमा बनाइएका क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । तर होटल बसाइको सबै खर्च व्यक्ति स्वयंले तिर्नुपर्ने व्यवस्था गरिएकाे छ । हाेटलहरू सबै सुविधायुक्त रहेकाे बताइएकाे छ । तर सामान्य हैसियतका नागरिक भने यहाँ खर्च गरेर बस्न सक्ने देखिँदैन ।

सार्वजनिक गरेको सूचीमा ३ वटा चारतारे होटल रहेका छन् । जसमा ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोबर छन् । २७ वटा टुरिस्ट स्टान्डर्ड हाेटल रहेका छन् । तीनतारे हाेटल ९ वटा र दुइतारे हाेटल २ वटा रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »