सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खानेपानी विभागमा इतिहासकै पहिलो पटक महिला महानिर्देशक नियुक्त

काठमाडौँ । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ।

करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।

विभागका महानिर्देशक सुनिलकुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता शाक्यले बताए। श्रेष्ठ, खानेपानी विभागमा कार्यरत वरिष्ठ सहसचिवहुन। ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो’, प्रवक्ता शाक्यले भने।

श्रेष्ठ खानेपानी विभागको करिब ५० वर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुन। खानेपानी र ढल व्यवस्थापनसम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो।

वरिष्ठताका आधारमा पनि अगाडि रहेकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »