सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खोटाङमा अज्ञात समूहद्वारा दुई जनाको विभत्स हत्या

खोटाङ। अज्ञात समूहद्वारा खोटाङमा दुई जनाको हत्या भएको छ।

जन्तेढंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङका ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको हो।

शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गर्नुको कारण भने खुलेको छैन। तर, उनीहरुसँग बहुमुल्य धातु रहेको र त्यही लुट्नका लागि हत्या गरिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।

घटनास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ। अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी नारायण प्रसाद चिमोरियासहितको टोली पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »