सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गण्डकी प्रदेशमा १४ जना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार १७६ पुग्यो

काठमाण्डौँ, असार २७
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा कास्कीमा २, तनहुँमा ४, म्याग्दी २, स्याङजामा ३ र बागलुङ ३ जना रहेका छन् ।

कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार १७६ पुगेको छ ।

प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या ६३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङका १,गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ वर्षीय पुरुष रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »