निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

गाँजाकाे फाइदा र बेफाइदा

यत्ति बेला पशपत क्षेत्रमा गाँजाकाे धुवाँ उडिरहेकाे हाेला । प्रतिनिधिसभामा पनि बेला बेलामा गाँजाकाे बारेमा बहस नै हुन्छन् । स्वास्थ्यकाे दृष्टिकाेणले कति फाइदा छन् ।

गाँजालाई चेतनाको फरक अनुभूतिका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ। दिमाग शान्त र पीडारहित पार्ने माध्यमका रूपमा पनि गाँजा प्रयोग भइरहेको देखिन्छ।

शिवरात्रिमा शिवको प्रसादका रूपमा गाँजलाई लिइने परम्परा पहिलेदेखि नै छ। त्यसैले यो दिन मिठाई वा लड्डुमा गाँजा राखेर खाने परिपाटी रहिआएको छ। नेपालमा धेरैजसोले एडिक्सनका हिसाबले चुरोटमा राखेर खाने गर्छन्।

आज शुक्रबार प्रकाशित शुक्रबार साप्ताहिकलमा आरोग्य नेपाल, लामा टारका डा। विनोद घिमिरेले गाँजाका फाइदा र बेफाइदाबारे जानकारी दिएका छन् ।

फाइदा
-गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ।

-डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाई’ हुन्छन्। त्यसपछि उनीहरूलाई ‘मुड फ्रेस’ हुन्छ।

-कम समयलाई लामो समय महसुस गराउँछ।

-गाँजाले खानेकुरामा रुचि बढाउँछ। एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा छ।

-आँखाको प्रेसर पनि कम हुन्छ। जोर्नीको पीडा र दिसासम्बन्धी समस्यामा फाइदा पुर्याउँछ।

-पाचन प्रणाली राम्रो हुन्छ। छारेरोगीलाई पनि फाइदा पुर्याउँछ।

-क्यान्सरमा किमोथेरापीपछि हुने वान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यतता रहिआएको छ।

-गाँजा खाएर झैझगडा गर्ने कम हुन्छन्, सिर्जना पनि प्रस्फुटन हुन्छ।

बेफाइदा
-लामो समयसम्म प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ।

-यसको प्रयोग निरन्तर गरेमा तौल कम हुन्छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »