निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

गायक रामकृष्ण ढकालकाे ”माैनता” सार्वजनकि,

”संबन्ध विच्छेदकाे हल्ला सेलाउन पाएकाे छैन तर याे उनकाे म्युजिक भिडियाेले आलाे घाउमा मलम लगाउने अनुमान भने सबैले गरेकाे छ ।”

काठमाडाैँ ।विदेशमा रहेर पनि नेपाली गीत संगितको विकासमा क्रियाशील गीतकार दुर्गा खनाल घिमिरेले अंग्रेजी नयाँ वर्षको अवसरमा नयाँ गीत ‘मौनता’ लिएर आएकी छन्।

सूगम संगितका चर्चित गाएक रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेद भएको समाचार आइरहेपनि गायक रामकृष्ण ढकालले लेखेको फेसबुक स्टाटसले भने वास्तविकता के हो भन्ने वारे थप अन्योल थपेको छ। तर पनि उनै गायक रामकृष्णले भर्खर बजारमा आएको गीतबाट आफ्ना भनाइ सार्वजनिक गरेका छन्।

नेपालका मिडियामा ढकालको बारेमा आएका हल्लाहरू के हुन् भन्नेबारे कि अदालतका दस्तावेज जान्दछन् कि उनका दम्पती नै जान्दछन् तर पनि जुन गीतको म्यूजिक भिडियो बजारमा आएको छ यसले समेत ढकालका भावनाहरू गीतबाटै आफ्ना दर्शक र श्रोताहरुलाइ बाड्न चाहेको प्रष्ट देखिन्छ।

मौनतामा उनीहरुको बिचमा के कस्ता कुराहरु भएका थिए र आज आएर उनकी पत्नी निलम शाहले किन बाटो मोडिन? के यो दुर्घटना मात्र हो कि यसको अरु कुनै रहस्य छ यो जान्न भने गीत पुरा हेर्नु पर्नेछ। गायक ढकालले पारिवारिक सम्बन्ध अति सुमधुर रहोस् गीत र भिडियो मनोरन्जन मात्र बनोस भन्नेमा डि फोर क्रियशनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

दुर्गा खनाल घिमीरेको शव्दलाई दिपक शर्माले म्यूजिक दिएका छन् भने रामकृष्ण ढकाल र मरिस्का पोख्रेलले अभिनय अभिनय हेर्न सकिन्छ। म्युजिक भिडियोको नृत्य निर्देशक शिव विकले गरेका छन् भने सम्पादन अर्जुन जिसी र कोरियोग्राफर कृष्ण बहादुर थापाले गरेका छन्।

म्यूजिक भिडियोको निर्देशन चलचित्र निर्देशक साथै द्वन्द निर्देशक चन्द्र पन्तले गरेका छन्। गीतकार खनाले यस अघि पनि ‘पशुपतिमा सुनैको गजुर’ बोलको चर्चित गित बजारमा ल्याएकी थिईन्।

भिडियाेका लागिः https://youtu.be/_NHlKdrtOaw?t=21

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »