गोंगबु घटना : हत्यारा महिला,खुकुरी र मृतकको कपडा भेटियो

काठमाडौं। गोंगबुमा विभत्स हत्या गरेको अभियोगमा चितवनबाट पक्राउ परेकी एक महिलालाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ ।

रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरी राति नै काठमाडौं ल्याएको हो ।

हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् ।

महिलाले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरेको छ । महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराले लगाउने कपडासमेत फेला पारेको स्रोतले बतायो ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »