निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

चलचित्र ”निरफूल” ट्रेलर सार्वजनिक भएकाे केही क्षणमा १ लाख २५ हजार भ्युज (भिडियाे सहित)

काठमाडाैँ । कलम चलाउने पत्रकारले समाचार मात्र लेख्दैन । समाजकाे कथा पनि लेख्न सकिन्छ अनि चलचित्रकाे माध्यमबाट त्यसलाई नयाँ सन्देशकाे रूपमा प्रवाह गर्न सकिन्छ भन्ने एक उदाहरण हाे चलचित्र निरफूलका लेखक फूलमान बल ”संघर्ष” ।

साहित्यकार तथा पत्रकार फूलमान बल मेराे मित्र मात्र हाेइन राजनीतिक गुरू पनि हाे । सालिन, उच्च विचार अनि प्रष्ट बाेल्ने फूलमान बलकाे एक महत्वपुर्ण विशेषता हाे ।

फूलमान बलसँग मैले भुटेकाे मकै खाएर राजनीति सिकेकाे छु । काठमाडाैँमा उहाँसँग नै पत्रकारिताकाे कलम चलाउन पनि सिकेकाे छु । उहाँकाे पहलमा काभ्रेकाे सामुदायिक रेडियाे नमाेबुद्ध स्थापना गरेकाे अहिले नै जस्ताे लाग्छ मलाई ।

म व्यक्तिगत सम्बन्ध तिर भन्दा पनि उहाँद्वारा निर्देशित चलचित्र निरफूलकाे बारेमा नै लेख्न चाहन्छु ।

०७२ काे महाभुकम्पले हामी आम नेपालीकाे घर मात्र भत्काएकाे छैन । हाम्राे मन भत्काएकाे छ । प्रेम अनि सम्बन्धहरू भत्काएका छन् । ती सम्बन्धहरू अहिले पनि हराइई रहेकाे छ ।

ति हराएका सम्बन्धहरूलाई फूलमान बलले ”निरफूल” चलचित्रकाे माध्यमबाट आम समाजलाई देखाउन खाेजिरहेका छन् । चलचित्रकाे ट्रेलर हेर्दा साँच्चिकै मन छुने छन् ।

चैत ७ गते एकैसाथ देशभरका हलहरुमा रिलिज हुन लागेको नेपाली चलचित्र नीरफूलको ट्रेलर मंगलबार राजधानीमा पत्रकार सम्मेलनका साथ सार्वजनिक गरिएको छ । फागुन ३० गते रिलिज गर्ने भनिएको यो चलचित्रको रिलिज प्राविधिक कारणवस चैत ७ गतेलाई सरेको जनाउदै ट्रेलर सार्वजनिक गरिएको हो ।

राईजिङ मलको फिल्म हल र हाईलाइट्स नेपालको युट्युव च्यानलमार्फत ट्रेलर सार्वजनिक लगत्तै सञ्चारकर्मी तथा साहित्यकार समेत रहेका यस चलचित्रका निर्देशक फूलमान वलले भने –“भुकम्पले घर भत्केका देख्यौं तर हामीले मान्छेका मन,सम्बन्धहरु भत्केका देखेनौं,यिनै कथा हो फिल्म नीरफूल ।”

राष्ट्रिय र अन्तराष्ट्रिय अवार्ड पाएको सर्ट फिल्म ‘सेलफोन’ निर्देशन गरिसक्नुभएका वलको विचारमा चलचित्र सृजना हो,यो समाजभन्दा पर हुनै सक्दैन ।

नीरफूल नायक दयाहाङ राईले यस फिल्मको कथा अहिलेको समयको कथा रहेको जनाउँदै फिल्मलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै नायिका शान्ति वाइबाले नेपाली समाजको कथा बोकेको फिल्म राम्रो बनेको दावी गर्नुभयो । यसैगरी कलाकार बुद्धि तामाङले पनि यो फिल्मले वास्तविक कथा बोकोको बताउनुभयो ।

गायक राजेशपायल राईले ट्रेलर हेर्दा फिल्म नीरफूल निकै राम्रो बनेको छनक पाएको भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । निर्माताका तर्फबाट प्रतिनिधि चन्द्रमाया तामाङले कथा बस्तु मन परेर फिल्म निर्माणमा सहकार्य गरेको उल्लेख गर्दै दर्शकको रोजाईमा यो फिल्म पर्ने धारणा राख्नुभयो ।

फ्रेण्ड्स अफ नेपाल तथा म्यानमार फ्रेण्डसीप काउन्सीलका अध्यक्ष सागर घिमिरेले सामाजिक सन्देश प्रवाहमा नीरफूल गतिलो उदाहरण बन्ने विश्वासका साथ सहकार्य गरिएको स्पष्ट पार्नुभयो ।

२०७२ को कहालीलाग्दो विपत्ति भुकम्प र मानविय संवेदनालाई मुख्य विषय बनाएको यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेख्नुभएको हो । सचिन यसमा एशोसिएट निर्देशक हुनुहुन्छ ।

रेखा थापाको विशेष भुमिकाका रहेको यस चलचित्रमा दयाहाङ राई,शान्ति वाईबा,बुद्धि तामाङ(हैट),पुस्कर गुरुङ,मानसराज,रोशन फ्युवा,निशा पाख्रिन,सरीता गिरी,जीवन वराल,सन्तोष लामा,विजय लामा लगायतका कलाकारहरुको अभिनय रहेको जनाईएको छ ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुनुहुन्छ ।

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत हुनुहन्छ ।

प्रमोद कार्कीको छायांकन रहेको नीरफूलमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा दुर्गा खरेल,प्रमोद खरेल अनि राजेशपायल राईको स्वर छ । फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् भने वितरक गोविन्द शाही र मनोज राठी हुनुहुन्छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »