निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक

काठमाडौं । खिल बहादुर गुरुङद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ ।

आउँदो सालको शुरुतिरै मुलुकभर रिलिज हुने मुभि र्याकको प्रस्तुति “मन्त्र”को टिजर शुक्रबार यूट्युबमा रिलिज गरिएको हो ।

चलचित्र नेपालको एक हिमाली प्रेमकथामा आधारित रहेको निर्देशक गुरुङले बताए । मनोज राजभण्डारी, देबेन्द्र मानन्धर, शुभ श्रेष्ठ लगायतका निर्माणमा बनेको मन्त्रले नेपाली चलचित्र जगतमा सफलताको एउटा नयाँ इतिहास रच्ने पक्का भएको टिजर हेरेका दर्शकहरुले प्रतिक्रिया दिए।

नेपाल तिब्बत सिमामा पर्ने मनास्लु बेस क्याम्पको सामा गाउँको एक प्रथामा आधारित उक्त चलचित्रमा सौगात मल्ल, दिया पुन, बुद्धि तामाङ, नमिता तामाङ, पासाङ शेर्पा, वीर बहादुर लामा लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ भने चलचित्रलाई अझ ज्वलन्त र अझ वास्तविक बनाउन ८० % भन्दा बढी स्थानीय कलाकारहरुलाई नै लिईएको निर्देशकले खुलस्त पारे। जीवनमा सकारात्मक परिवर्तन गर्न निरन्तर गरिने प्रयत्नलाई नै चलचित्रले एक मन्त्रको रुपमा देखाउन खोजेको निर्माता देवेन्द्र मानन्धरले बताएका छन्।

अहिलेसम्म बाहिर आउन नसकेको नेपालको सबैभन्दा चिसो मानव बस्तीको रुपमा परिचित सामा गाउँको भूगोल र संस्कृति चलचित्रमा समेटिएको निर्माण पक्षले दाबी गरे । हिमताल, नदिनाला, हिम श्रृङखला जस्ता मनोरम प्राकृतिक दृश्य, त्यहाँको स्थानीय जनजाति, भेषभुषा, रहनसहन, रीतिरिवाज जस्ता मौलिकपनलाई जस्ताको तस्तै प्रस्तुत गरिएको मन्त्रले समग्र दर्शकहरुको मन जित्ने र चलचित्रले गाउँको आन्तरिक तथा बाह्य पर्यटनमा समेत महत्वपूर्ण भूमिका खेल्नेमा निर्माण पक्ष सौगातको नितान्त नौलो अनि फरक रुप देख्न पाउने मन्त्रमा चलचित्रका सम्पूर्ण चरित्रहरुले जिवन्त कला प्रस्तुत गर्न सफल रहेको निर्माताहरुको ठम्याई छ।

यात्रा, संघर्ष, प्रेमले भरिएको मन्त्रको पटकथा सामतेन भुटियाले लेखेका हुन् । मित्र डि गुरुङको सम्पादन रहेको यस चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोस सुनारले संगित भरेका छन्। राम्रा गुणस्तरीय नेपाली चलचित्रहरुको खडेरी लागेको अवस्थामा सञ्जय लामाको छायांकन रहेको मन्त्रले दर्शकहरुलाई कत्तिको मन्त्रमुग्द बनाउने हो त्यो भने हेर्न बाँकी नै छ।

गोर्खाबाट ९ दिन हिडेर पुग्नु पर्ने स्थान चयनले परिश्रम र दृश्यको हिसाबले मन्त्र टीमले कतै कञ्जुस्याइँ गरेको त टिजरमा कतै देखिन्न । यसर्थ सार्वजनिक टिजर त सफल देखिन्छ तर समग्र चलचित्र कस्तो बनेको छ ? र सफलताको कस्तो मन्त्र फुक्ने हो ? त्यो जान्न भने सबैको प्रतिक्षामा छ – चलचित्र ‘मन्त्र’ !

भिडियाेका लागि


spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »